इस्लिङ्टन कलेजद्वारा ‘फ्युचरामा २०२३’ प्रदर्शन
काठमाडौं। इस्लिङ्टन कलेजले ‘फ्युचरामा २०२३’ दूरदर्शी तीन दिने प्राविधिक कार्यक्रम आयोजना गरेकाे छ ।
कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न ‘फ्युचरमा २०२३’ कार्यक्रम अयोजना गरेको हो ।
गत बिहीबार भएको ‘फ्युचरामा २०२३’ प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका इन्टरनेट अफ थिङ्स ‘आईओटी’ सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएका थिए ।
कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन, र गोकार्ट जस्ता मनमोहक बुथहरू समेत राखिएका थिए । लाइभ डेमोमा ३०औं शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन समावेश रहेको कलेजले जनाएको छ ।
त्यस्तै, कार्यक्रमले स्थानीय नर्सरीबाट प्राप्त बिरुवाहरू बाँडेर खेती गर्न सहभागीलाई प्रोत्साहन, प्राविधिक विशेषज्ञहरूले साइबर सुरक्षा र जोखिम परीक्षणमा अन्तर्दृष्टि साझा, व्यवसाय सिर्जना गर्ने बारे सोच उत्तेजक कुराकानीले उद्यमशीलता र आईटीको क्षेत्रहरू र भविष्यका उद्यमहरूको कल्पना गर्नेबारे ज्ञानमुलक जानकारी गरिएको थियो ।