इजिप्टमा २० लाख भन्दा बढी नागरिक बेरोजगार
नेपाल प्रेस
२०८० भदौ ६ गते १४:५७
काठमाडौं । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ ।देशको तथ्यांक निकाय क्यापमासले मंगलवार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाख भन्दा बढी नागरिकहरु बेरोजगार रहेको बताइएको छ । ६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेरसमूहका छन् ।
गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फिती दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर