चालू आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब व्यापार घाटा
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै देशको व्यापार घाटा १ खर्ब १५ अर्ब ६१ करोड पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउन महिनामा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ रहेको छ । जबकि गत वर्षको सोही अवधिमा व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, आर्थिक वर्षको पहिलो महिनामा आयत र निर्यात दुवै घटेको छ । साउन महिनामा मात्रै आयात १.५६ प्रतिशतले घटेको छ भने निर्यात ८.६५ प्रतिशतले घटेको छ ।
जहाँ एक महिनामा मात्रै १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको आयात भएको छ भने निर्यात १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको भएको छ ।