‘मेरा लागि मर्ने केटो मनै परेन’ तीज गित युट्युवको शिर्ष १२ औँ नम्बरमा (भिडियो)
काठमाडौं । गायक भागिरथ चलाउने र गायिका रेखा जोशीको स्वरमा रहेको ‘‘मेरा लागि मर्ने केटो मनै परेन’ तीज गीत युट्युवको शिर्ष १२ नम्बरमा प्रवेश गरेको छ । करिव एक साता अघि गायक चलाउनेकै युट्युवबाट सार्वजनिक भएको गीत छैटौ दिनमा युट्युवको शिर्ष १२ नम्बरमा प्रवेश गरेको हो ।
बुधबार साँझसम्म उक्त गीत युट्युवमा चार लाख ३५ हजार भन्दा बढीले हेरिसकेका छन् । गायक चलाउने र गायिका जोशीले संयुक्त रुपमा तीज गीतमा पहिलो पटक स्वर दिएका हुन् ।
मौलिक सँस्कृति झल्किने गरि तयार पारिएको यस गीतले नारीको महान चाँड तिजलाई थप हौसलाका साथ मनाउने वातावरण सृजना गर्ने गायक चलाउनेले बताए । उनका अनुसार गीतमा तिजलाई मुख्य श्रोत मानेर माया प्रेमका शब्द बुनेर तयार पारिएको छ ।
गायक चलाउनेले गत वर्ष ल्याएको तीज गीत ‘झमझम झम्कना’ले र्वाधिक लोकप्रियता कमाएको थियो । यव वर्षको गीतलाई पनि दर्शकले उत्तिकै न्याय दिने उनको अपेक्षा छ । मालश्री रेकर्डिङ स्टुडियोमा अडियो सम्पादन भएको गीतको एरेञ्ज विनोद बाजुरेली, ध्वनी सम्पादन खडक बाजुरेलीले गरेका हुन भने राजेन्द्र वाजुरेलीले रेकर्डको काम गरेका हुन् ।
जया भण्डारीले निर्देशन गरेको तीज गीतमा चर्चित मोडल करिष्मा ढकाल र स्वयम् गायक चलाउनेले अभिनय तथा नृत्य गरेका छन् भने गीतको भिडियो सम्पादन विकास ज्ञवालीले गरेका हुन् ।
यस्तै यस अघि गायक चलाउने र गायिका सुनिता बिसी क्षेत्रीको स्वरमा रहेका तीज गीत ‘मायाले त होला’ गीत पनि उनकै यूट्युवमार्फत सार्वजनिक भइसकेको छ । उक्त गीतमा केहि समय अघि सर्वाधिक रुचाइएको ‘महापुरुष’ चलचित्रबाट डेब्यू गरेकी नायिका अन्जना बराइली र स्वयम गायक चलाउनेले नै अभियन गरेका छन् ।
यति मात्रै नभएर चार दिन अघि मात्रै गायक चलाउने र मधु क्षेत्रीको स्वरमा रहेको तिज गीत ‘हेर्दिन ऐना ढाटेको होइन’ उनकै युट्युवबाटै सार्वजनिक भइसकेको छ । उक्त गीतमा गत वर्ष सर्वाधिक चर्चा कमाएको तिज गीत ‘झमझम झम्कना’मा अभियन गरेकी चर्चित मोडल गीता ढुंगाना र मोडल रमेश विश्वकर्माले अभिनय गरेका छन् ।
गायिका समिक्षा अधिकारी, राधिका हमाल र गायक सन्तोष केसीको स्वरमा रहेको तीजकै ‘आमा २’ भने युट्युवको शिर्ष ११ नम्बरमा रहेको छ । उक्त गीतमा चर्चित कलाकार किरण केसी, पल्पसा डंगोल, कमल गाउँले र सारदा गिरी र आशु महर्जनले अभिनय गरेका छन् ।