प्रधानमन्त्री र एक जना पनि मन्त्री सदनमा नगएपछि एमालेको आपत्ति, सूर्य थापाले भने- सरकार हरायो, खोजी पाऊँ (भिडिओ)
नेपाल प्रेस
२०८० भदौ ७ गते १३:५५
काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको टिप्पणी गरेका छन् ।
जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र एक जना पनि मन्त्री उपस्थित नभएपछि उनले आपत्ति जनाए ।
उनले भने, ‘प्रधानमन्त्री र एक जना पनि मन्त्री बैठकमा नदेखिनु यो सदनको अपमान हो ।’
मन्त्रीहरु बेगर सदन अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘सभामुख महोदय सरकारको खोजी गरिपाऊँ ।’
एमाले सांसद थापाले आपत्ति जनाउँदै गर्दा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्मा आइपुगेकी थिइन् । त्यसपछि सभामुखले कार्यसूचीअनुसार बैठक अघि बढ्ने बताए ।
प्रतिक्रिया