यस्तो छ संसदीय समितिको निर्वाचनको कार्यसूची – Nepal Press

यस्तो छ संसदीय समितिको निर्वाचनको कार्यसूची

काठमाडौं । संसदीय समितिको निर्वाचनको कार्यसूची सार्वजनिक भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा समितिको नेतृत्व चयनमा निर्वाचन गर्ने सहमति भएपछि संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको हो ।

भदौ ११ गते निर्वाचन गर्ने सहमति भएको छ। सोही सहमतिअनुसार प्रतिनिधिसभाका सचिव पद्मप्रसा पाण्डेले कार्यसूची सार्वजनिक गरेका छन् ।

कार्यसूचीअनुसार भदौं १० गते ११ देखि ४ बजेससम्म प्रस्ताव दर्ता गर्ने, साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्ने र ११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने तय भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर