प्याज तथा गोलभेँडामा उपभोक्ताले खपत कम गर्नुपर्छः महासचिव गजुरेल (भिडिओ) – Nepal Press

प्याज तथा गोलभेँडामा उपभोक्ताले खपत कम गर्नुपर्छः महासचिव गजुरेल (भिडिओ)

काठमाडौं । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेंडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन् ।

महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन् । उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत कटौती गर्नुपर्ने बेला आएको बताए । उनले आम नेपाली उपभोक्ताले राष्ट्रिय हितको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताए ।

उनले भने,‘अत्यधिक मूल्य वृद्धिलाई सन्तुलनमै मिलाउनका लागि भएपनि दैनिक नभई नहुने दाल भात, तरकारी बाहेकका कुरालाई सकेसम्म कटौती गरेर यो राष्ट्रिय हितका लागि पनि सम्भावना बोकेको हुनाले गर्न सकिने कुरा रह्यो । आह्वान गर्न सकिन्छ । कत्तिको सहज रुपमा लिनुहुन्छ, उपभोक्तामा भर पर्ने कुरा हो । विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेलामा धेरै जसो ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौं, उपभोग कम गरौं भन्न सकिन्छ । प्याज खपतलाई कम गर्न आम उपभोक्ताले पनि संयमता अपनाएर अलिकति कम खपत गरिदिनुभयो भने देशको लागि र आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ । विश्व अर्थतन्त्रमा परेको असरले भनेर आयातलाई रोकिसकेपछि त हामी कहाँ उत्पादन गर्ने प्रविधि के त भनेर राज्यले ल्याउनुपर्ने हो । अहिलेसम्म राज्यले पोलिसीहरु ल्याएको त देखिँदैन ।’

उनले विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताए । प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्य वृद्धि उच्च रुपमा भएको उनको भनाइ छ । उनले कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गरे ।

प्याजको मूल्य अस्वभाविक रुपमा बढ्यो भन्नुको अर्थ के हो भने भारतले पनि जुन समयसम्म सामान्य रुपमा निर्यात गथ्र्यो । एक्स्पोर्ट गर्ने उसलाई बन्द गर्न ४० प्रतिशत थप ड्युटि चार्ज लगाएको छ । त्यसले गर्दाखेरी सहज रुपमा आउन सकेको अवस्था छैन ।’ उनले भने,‘ त्यसले आपूर्तिलाई अलिकति असहज गरेको छ । त्यस्तो भएपछि बजार असहज भएको हो । कालोबजारीको कुरा त हामीले भन्नसक्ने अवस्था रहेन । केही व्यवसायीहरुले अतुलनीय रुपमा सोचेको भन्दा बढी खाएका होलान् । घरमा लुकाएर, गोदाममा माल छैन भनेको देखिँदैन । त्यसमा थप १३ प्रतिशत भ्याट लाग्नेछ भनेर भ्याट लगाइएको थियो । अस्वभाविक मूल्यहरु बढ्दाखेरी अथवा यतिसम्मको मूल्य भयो भने मात्रै आयात गर्न पाउने भन्ने एउटा बनाउने की । त्यो त अब राज्यले लिने नीतिमा भर पर्ने कुरा हो । व्यवसायीले त आफ्नो व्यवसायिक हिसावले सोचिरहेको हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर