ग्राउण्ड जिरोमा नेपालप्रेस- आखिर किन अशान्त छ धरान ?
धरान । धरान सहर कहिले ‘लाहुरेहरुको सहर’ बनेर चर्चामा आयो । कहिले ‘फेसनको राजधानी’ बनेर चर्चामा आयो । कहिले पूर्वी नेपालका अधिकांश जिल्लालाई नून तेल खुबाउने व्यापारिक केन्द्रको रुपमा चर्चामा रह्यो । कहिले विराटनगर, इटहरीका मान्छेहरुको गर्मी छलिदिने भेडेटारका कारण चर्चामा रह्यो । कहिले ‘लाहुरेहरुले छाड्दै गरेको सहर’को परिचय पाएर पनि धरान चर्चामै रह्यो ।
यसपटक पनि धरान चर्चामा छ । तर, यसपटक धरानले पाएको चर्चाले भने धरानको गर्विलो इतिहासलाई नै धुलिसात पार्ने हो कि भन्ने संशय धरानप्रेमीहरुमा छ । एक सय ३० वर्षको दह्रिलो इतिहास बोकेको धरान अहिलेसबैभन्दा ठूलो संक्रमणकालीन समयमा उभिएको छ ।
वि.सं. २०४५ सालमा भूकम्पले क्षतविक्षत् बनेको धरान फेरि उस्तै तरीकाले उठ्यो । तर, यसपटक हल्लाइरहेको धार्मिक भूकम्पले ढल्न खोजिरहेको धरान फेरि उठ्न सक्छ त ?धरानप्रेमीहरुले सोधिरहेको प्रश्न हो यो ।
र, धरानको इतिहास र सुन्दरतामा तेजाव छ्याप्न उद्दत छ यसपटकको चर्चा । धार्मिक सद्भाव र आस्था भड्किएको छ । मान्छेहरु धर्मको नाममा विभक्त छन् । मान्छेहरु आस्थाको नाममा समूह–समूहमा बाँडिएका छन् ।
वि.सं. १९५० मा घना जंगल फाँडेर बसाइएको सानो वस्तीबाट उठेको धरानले अहिले सबैभन्दा ठूलो संकटको सामना गरिरहेको छ । एक लाख ७३ हजार ९६ जना आवादी रहेको धरानमा अहिले सामाजिक सद्भाव मात्रै खलबलिएको छैन, धार्मिक सहिष्णुतालाई पनि जमिनमुनि गाडेर उभिएको छ धरान । १२ जना नागरिक डेंगुका कारण गुमाइसकको धरान १६ हजार डेंगु विरामीसित अहिले इतिहासकै संगीन घडीमा उभिएको छ ।
वि.सं. २०४५ सालमा भूकम्पले क्षतविक्षत् बनेको धरान फेरि उस्तै तरीकाले उठ्यो । तर, यसपटक हल्लाइरहेको धार्मिक भूकम्पले ढल्न खोजिरहेको धरान फेरि उठ्न सक्छ त ?धरानप्रेमीहरुले सोधिरहेको प्रश्न हो यो ।
गएको असार २२ गते हिन्दु पक्षधरहरुले धरान उपमहानगरपालिकालाई एक ज्ञापन पत्र बुझाए । कारण थियो, विजयपुर दरबार आसपासको क्षेत्र बुढासुब्बा र पिण्डेश्वर मन्दिरको ‘राडार’ क्षेत्रमा रहेको गोपाल मन्दिर अगाडि नै बनेको चर्च !
मन्दिर अगाडि नै चर्च बनेपछि हिन्दु धर्मावलम्बी र क्रिष्टियन धर्मावलम्बी बीच ‘वाक युद्ध’सुरु भयो । यो द्धन्द्ध उपमहानगरसम्म पुग्यो । चर्चलाई स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग थियो ।
तर, उपमहानगरका मेयर हर्क सम्पाङले दुवै पक्षलाई राखेर समस्या सुल्झाउनुको साटो न्यायालय जानू भनेर सामाजिक संजालमै लेखे । उनले लेखेका थिए,–देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीश होइन म । धर्मको विषयमा न्यायालयले नै हो बोल्ने । कसको भगवान् ठूलो कि कसको ईश्वर ठूलो, त्यो कुराको फैसला न्यायालयले गरिदेओस् ।’
मेयर साम्पाङको उक्त अभिव्यक्तिले आक्रोशित बनेका हिन्दु धर्मावलम्बी त्यतिवेला झनै आक्रोशित बने, जब गएको साउन २७ गते धरानमा जनजाति सम्बद्ध सांस्कृतिक अधिकार मन्च नामक संस्थाले सार्वजनिक स्थलमा गोरु काटेर भोज खाए ।
गत साउन ६ गते गोरु काटेर खाएको निहुँमा पक्राउ परेका राजन परियार र विन्द्रा राई साउन २६ गते छुटेको खुसियालीमा गोरु काटेरै भोजको आयोजना गरिएको थियो । जसको भिडियो सामाजिक संजालमा छ्यापछ्याप्ती भएपछि हिन्दु सम्प्रादाय उत्तेजित बन्यो । अहिले धरान अशान्त हुनुमा यी दुई कारण प्रमुख हुन् ।
यी दुई घटनाका कारण अहिले हिन्दु धर्मावलम्वी शान्तिपूर्ण सद्भाव र्याली गर्नका लागि इटहरी क्षेत्रमा भेला भएका छन् । देशभरबाट जम्मा भएका उनीहरु इटहरीको पानीपियामा जम्मा भएर धरानसम्म जाने योजनामा छन् ।
तर, सुनसरी जिल्ला प्रशासनले धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । साउन ८ गते राति १२ बजेदेखि साउन ९ गते राति १२ बजेसम्म डेंगुको कारण देखाउँदै जनस्वास्थ आपतकालीन अवस्था भनेर सामुहिक रुपमा भेला, समारोह, भोज र्याली नगर्न आदेश जारी गरेको छ । तर, जारी विज्ञप्तीमा ‘डेंगु’ भनिए पनि सारमाधरानमा हुन गइरहेको हिन्दु धर्म समर्थकहरुको र्याली र जनजाति सम्बद्ध सांस्कृतिक अधिकार मन्चबीच मतभेद हुने सम्भावना देखेपछि जिप्रकाले निशेधाज्ञा जारी गरेको हो ।
सिंगो धरान एक ठाउँमा उभिन बाँकी नै छ
धरान अहिले डेंगुको इपि सेन्टर बनेको छ । १६ हजारभन्दा बढी डेंगुका विरामीहरु छन् । १२ जनाको त मृत्यु नै भइसकेको छ डेंगुका कारण । हजारौं विरामीहरुको थलो बनेको धरान धार्मिक असहिष्णुताको पनि थलो बन्ला भन्ने भयले आफू त्रसित बनेको समाजशास्त्री प्रा.डा. भिम खतिवडाले सुनाए ।
खटिवडा भन्छन्,– ‘बहुसांस्कृतिक दृष्टान्त बोकेको धरानले कोरोनादेखि डेंगुसम्मको प्रहार सहेको थियो । तर, अहिले जसरी थलिएको थिएन । सामाजिक रुपमा यहाँ एक खालको सद्भाव विथोलिने अवस्था आइरहेको छ । धार्मिक आस्था र जातीय संस्कृतिसँग जोडिएका दुवै पक्षमा सद्भाव कायम हुनुपर्छ । नत्र यसले ठूलो दुर्घटना निम्तयाउन सक्छ ।’
धर्म, संस्कृति र संस्कारसँग जोडिएका कुराहरुमा सचेत हुन छाडेर अतिवादी धारणा राख्न छाड्नुपर्ने खतिवडाको मत छ । अतिवादी धारणा समाजका लागि घातक हुन्छ ।’
खतिवडाको विश्लेषणमा जातीय पहिचानसँग जोडिएका कुराहरु यसअघि पनि उठेका थिए । बीचमा चर्च र अरु कुराहरु जोडिएर आए । अनि असमझदारी बढ्दै जाँदा अहिलेको विकराल परिस्थिति धरानले सामना गर्नु परेको खतिवडाको ठम्याई छ ।
‘हामी धरानेहरु अतिवादी सोच भएकाहरु छैनौं । यसमा हामी सबै सचेत हुनुपर्छ । धरानमा कसैले पनि स्वार्थ पूरा गर्न पाउने अवस्था ल्याउन दिनु हुन्न । हामी सबै पक्ष सचेत र सतर्क भएनौं भने त्यसले धरानलाई क्षतिग्रस्त बनाउँछ ।’
धरानलाई आप्रवासीको सहर भन्छन् धरानको राजनीतिलाई नजिकबाट नियालेका प्रा.डा. राजेन्द्र शर्मा । धरानमा पूर्वका अधिकांश जिल्लाका मानिसहरु बस्छन् । शर्माका अनुसार उनीहरु सबै आप्रवासी हुन् । तर, उनीहरु सबैको आप्रवासीको आ–आफ्नै समाज छ ।
प्रा.डा. शर्माका अनुसार अनुसार अनेक जिल्लाका समाज भए पनि सिंगो धरान भने समाज छैन । धरानका बासिन्दाहरु जिल्लाको धङधङीका कारण विभाजित छन् । एकताको सूत्रमा बाँधिन धरानले बाँकी नै छ । त्यही विभाजनमा खेल्नेहरुका कारण अहिलेको अवस्था आएको शर्माको विश्लेषण छ ।
अहिलेको धरानको संवेदनशील परिस्थितिको कारण ठोसमा गोरु काटिएको भिडियोहरु संजालमा आउनुलाई देखिए पनि यसको सूत्रपात चर्च र मन्दिरको विवादबाट भएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार त्यो विवादलाई मेयर साम्पाङले समन्वय गरेर समाधान गर्नुको साटो अदालतको बाटो देखिइदिएपछि उत्तेजित बनेको भिडलाई र आक्रोशलाई ‘गोरु भोज’ले मलजल गरेको हो ।
‘पहिला गोरु खानेहरुले खाएकै थिए । अमेरिका, बेलायतमा पनि खान्छन् ।तर, यहाँ खाएको भिडियो संजालमा राखेपछि तिनलाई पूजा गर्नेहरुले तिमीहरु मार्छौ भने हामी बचाउँछौं भने । त्यही कारण यो स्थिति उत्पन्न भएको हो’ ’शर्मा थप्छन्, ‘यो चलखेल युरोपियन युनियन र अमेरिकको मिसन प्रयोग गरिएको संसारको कुनै पनि मुलुकमा अशान्ति हुने परम्परा पुरानै हो । उनीहरु कृष्टियनिटीको मिसनमा छन् । यसले गर्दा अन्य धर्मावलम्बीले असुरक्षित महसुस गरेको देखिन्छ । तर, अहिले धरानमा जे जस्तो परिस्थिति छ, त्यसलाई चिरेर एकाकार बनाएर लैजाने नेतृत्वको जरुरी भयो । अहिलेको मेयरले एकाकार बनाउने अभियान थाल्नुभएन भने भविष्यमा हुने क्षतिको जिम्मा उहाँले लिनुपर्छ ।’
सबै सद्भाव चाहन्छन्
गएको बिहीबार धरानमा उत्पन्न परिस्थितिलाई लिएर धरानका पूर्व मेयर र उपमेयरहरुले संयुक्त वक्तव्य जारी गरे । वक्तव्यमा धरानमा सद्भावको पहलकदमी लिइदिन सबै पक्षसँग अपिल गर्दै भनिएको थियो,‘पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भइरहेका तथा सामाजिक संजालमा देखिएका छरपस्ट, अराजक, असहिष्णु विचार र रबहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
मेयर साम्पाङले पनि सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिविम्वित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीमा अपिल गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा लगायत १३ राजनीतिक दलले पनि संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै सामाजिक संजाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामाग्रीहरु पोष्ट, सेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दछौं । भाद्र ९ गते सम्बनिधत पक्षहरुसँग धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’
प्राध्यापक खतिवडा पनि बाहिरको मान्छेहरुको प्रवेशले धरान झनैं अशान्त बनेर जानसक्ने बताउँछन् ।
‘बाहिरिया मान्छेहरुको घुसपैठ’ भनेर अर्को पक्षले बुझिदिएमा त्यसले राम्रो सन्देश नदिने खतिवडाको विश्लेषण छ । बरु धरानको समस्या धरानबासीलाई नै छाडिदिने हो भने हिजोको धार्मिक सहिष्णुता फर्किन समय नलाग्ने बताउँछन् ।
अहिलेको धरानको संवेदनशील परिस्थितिको कारण ठोसमा गोरु काटिएको भिडियोहरु संजालमा आउनुलाई देखिए पनि यसको सूत्रपात चर्च र मन्दिरको विवादबाट भएको स्थानीय बताउँछन् । उनीहरुका अनुसार त्यो विवादलाई मेयर साम्पाङले समन्वय गरेर समाधान गर्नुको साटो अदालतको बाटो देखिइदिएपछि उत्तेजित बनेको भिडलाई र आक्रोशलाई ‘गोरु भोज’ले मलजल गरेको हो ।
स्थानीय भन्छन्,–उनले (मेयर साम्पाङ)कम्तीमा चर्च स्थान्तरणका लागि पहल गरिदिनु पथ्र्यो । मन्दिरभन्दा टाढा कतै सार्वजनिक ठाउँ पनि उपलब्ध गराइदिन सक्थे । मन्दिरहरुका लागि लाखौं बजेट छ्टयाउन सकिन्छ भने चर्चका लागि सार्वजनिक जग्गा उपलब्ध गराउनु कुन ठूलो कुरा थियो र ! तर, उनको सनकले गर्दा यस्तो परिस्थिति आयो ।’
अर्कातिर अहिलेको धरानको असहज परिस्थितिलाई सहज बनाउन सरोकारवालाहरुसँग पहल गरिरहेको धरानका उपमेयर अइन्द्र विक्रम वेघा बताउँछन् । आफूहरुले कसैलाई सम्मान गर्ने, कसैलाई उत्तेजित गर्ने काम नगराउन अनुरोध गरिरहेको वेघाको भनाइ छ ।
वेघा भन्छन्,–धरानमा रहेका राजनीतिक दल, सामाजिक संघसंस्थाहरु र उपमहानगर अहिलेको असहज परिस्थितिको व्यवस्थापन गर्न एकताबद्ध भइसकेका छौं । यहाँ जे नहुनुपथ्र्यो, त्यो भइरहेको छ । हाम्रो तर्फबाट व्यवस्थापन गर्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसँग मिलेर अधिकतम प्रयत्न गरिरहेका छौं ।
अर्कातिर हिन्दु अभियान्ताहरुको सद्भाव र्यालीको प्रतिरोधमा अर्को समूहले पनि र्याली निकाल्ने विषय भने निराधार रहेको पत्रकार महासंघका सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई बताउँछन् ।
०००
काजी राई!
विचरा! चिन्ता नलिनुहोस् मङ्गाेलियनहरु, अर्कालाई जवरजस्ती दु:ख दिन जान्दैन, अरुहरुको खाेस्न पनि जान्दैनन् तर अब सचेतताकाे युग आयाे, आफ्नो आफ्नो संस्कृतिको जगेर्ना गर्ने र जाेगाउने चेतना आयाे तब कानुनले पनि आफ्नाे संस्कृतिमान्न र संरक्षण गर्न पाउने व्यवस्था पनि पाइएको छ। तब हामी पनि आफ्नाे धर्म संस्कार गर्न पाउनु पर्दछ। अरुलाइ जवरजस्ती गर्नु भनिएको हाेइन। उनिहरुलाई प्रहार भएको ठहर गरेको कहाँ हाे? हामि पनि हाम्रो आफ्नै संस्कृति मान्ने भनेको तर पाउँदैन भने के हामीमा चाहिँ प्रहार भएन?
कुनै दल वा स्वार्थकाे खातिर यसाे नगर्नु हाेला तर कानुन सबै लाई बराबर नै हाे नि हैन?
तर कृपया सबैजना शान्तिमा बसौं!!
के प्राचीन किरातीहरुको सभ्यता र संस्कृतिको रक्षा र पहिचान भनेको गोरुभोज र चर्च स्थापना हो…???
गोरुभोज ले मात्रै संस्कृतिको रक्षा हुन्छ..???
अर्को कुरा तिमीहरु मङोल हुनै सक्दैनौ,तिमीहरु महान किरातिका सन्तान हौ।
बिदेशीको जालमा फसेर आफ्नै दाजुभाइको मानमर्दन नगर,एकअर्काको सम्मान गर, राँगाभोज गर,खसीभोज गर धराने कालो सुङुर
भोज गर तर सक्छौ भने गोरुभोज नगर यदी गरिहाले पनि झ्याली नपिट।
हिन्दू जनता बल्ल जाग्दैछ। यो घटना मार्कसबादी, समाजबादीहरूले ल्यायेको धर्म निरपेक्षताको परिणाम हो। समाज धर्म निरपेक्ष हुन सक्दैन, उदार बन्न मात्रै सक्छ। मार्कसबादी-समाजबादीहरू लाइ बहिष्कार गरेर हिन्दू राज्य स्थापना नभए सम्म पछाडी हट्नु हुन्न, नत्र यि घटनाहरू दोहोरीरहने छन्।
यो धर्मनिरपेक्ष भन्ने शब्द संविधानबाट हटाउने या त लागू गर्ने ? यो बिषयमापनी लेख लेख्नु पर्ने भो लेखक ज्यु ।