यस्तो छ आज विदेशी मुद्राको विनिमयदर,
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँमा कारोबार हुनेछ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.८१ रुपैयाँ कायम भएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८४.७१ रुपैयाँ र बिक्री दर ८५.०९ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसामा खरिद बिक्री हुनेछ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ २ पैसा मूल्य तोकेको छ ।
यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ कायम भएको छ ।
कुवेती दिनार १ को खरिद मूल्य ४२७.५३ पैसा बिक्रीदर ४२९.४७ पैसा मूल्य तोकिएको छ ।