माओवादीले संसदीय समिति सभापतिमा माधव र विमलालाई उम्मेदवार बनाउने
नेपाल प्रेस
२०८० भदौ १० गते ११:४३
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाएको छ ।
पूर्वाधार विकास समितिमा माधव सापकोटा, कानून, न्याय तथा मानवअधिकारी समितिमा नुवाकोटकी विमला सुवेदीलाई उम्मेदवार बनाउन लागेको हो ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलको सहमति अनुसार माओवादीले दुई समितिको सभापति पाउने सहमति बनेको थियो । सोहीअनुसार पूर्वाधार विकास समितिमा सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद सापकोटा हुन् भने सुवेदी नुवाकोटकी समानुपातिक सांसद हुन् ।
भोलि हुने निर्वाचनको लागि आज अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।
प्रतिक्रिया