एसएसपी भूपेन्द्र खत्री भन्छन्- व्यक्ति फेरिँदैमा नक्कली शरणार्थी प्रकरणको अनुसन्‍धान प्रभावित हुँदैन – Nepal Press

एसएसपी भूपेन्द्र खत्री भन्छन्- व्यक्ति फेरिँदैमा नक्कली शरणार्थी प्रकरणको अनुसन्‍धान प्रभावित हुँदैन

काठमाडौं । दुई दिनअघि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी भूपेन्द्र खत्रीले जनताले आफूबाट गरेको अपेक्षालाई इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार पत्रकारसँगको भेटघाटमा उनले कोही अधिकृत तथा व्यक्ति फेरिँदैमा नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने जिकिर गरे ।

‘यो वा त्यो नाममा कोही दोषी उम्किँदैनन् । कानूनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउँछौं । कसैले शंका नगर्नुहोला । मबाट धेरैले गर्नुभएको अपेक्षालाई कामले देखाउँछु । ‘

खत्रीले शुक्रबार टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएका खत्री निडर र व्यवसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन् ।

२०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा थिए ।


प्रतिक्रिया

One thought on “एसएसपी भूपेन्द्र खत्री भन्छन्- व्यक्ति फेरिँदैमा नक्कली शरणार्थी प्रकरणको अनुसन्‍धान प्रभावित हुँदैन

  1. Dear SSP Khatri jee, it is great to learn of your commitment as a professional policeman. Lately, SSPs Majoj KC, in particular SSP Dan Bahadur Karrki and AIG Gyawali have turned out to be exemplary police officers. But they have been displaced by the corrupt at the apex, henpecked and corrupt Deuba piling pressure on slavish home minister Shrestha to remove them from their position in order to save corrupt Arzu from facing BalKrishna Khan’s fate. Therefore, your test would lie in whether you would bring that corrupt woman to give company to Khand who is in judicial cutory for the same allegation of which Arzu too stands accused.

Leave a Reply

Your email address will not be published. Required fields are marked *