भ्रष्टाचारको अन्त्य गर्ने तागत माओवादीसँग मात्रै छ, कसैको धम्कीले रोकिँदैन : गृहमन्त्री श्रेष्ठ (भिडिओ)
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादी नेतृत्वको सरकारले नै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता जनाएका छन् । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै हिजो माओवादीको नेतृत्वमा सरकार बनाउँदा सकारात्मक काम भएको स्मरण गरे ।
माओवादीले अँध्यारो युगलाई उज्यालोमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने काम माओवादीले नेतृत्वकै सरकारले गरेको दाबी गरे। अहिले देश समृद्धिको आधार सुशासन भएकाले भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।
उनले भने, ‘हामीले थालेको सुशासनको अभियानलाई असफल पार्ने षड्यन्त्र भइरहेको छ । भ्रष्टाचारी र तस्करीहरु अहिले यो अभियानलाई असफल पार्न सकिन्छ भनेर सार संयन्त्रमाथि प्रहार भइरहेको छ । तर म भन्न चाहन्छु प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान रोक्दैन । यसलाई अगाडि बढाएर सफल बनाई छोड्छ । हामी कसैको धम्की र प्रहारबाट आत्तिने छैनौँ ।’
देश र जनताप्रति प्रतिबद्ध हुँदै नयाँ नेपाल बनाउन सुशासनको अभियानलाई सफल पारिछाड्ने सुनाए । माओवादीले नै यो व्यवस्था ल्याएको उल्लेख गर्दै यसको रक्षा गर्ने पनि आफूहरुकै जिम्मेवारी भएको बताए ।
राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादीले नै आर्थिक क्रान्तिलाई अघि बढाउँदै समाजवादसम्म पुग्ने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।
फुर्ति हेर न । भाउजू पर्ने भएपछि शरणार्थी काण्ड ढुस गराउने, महरा पर्ने भएपछि सुनकाण्ड ढुस गराउने, माधवलाई उन्मुक्ति दिएर बालुवाटार काण्ड ढुस गराउनेका फुर्ति हेर न । अलिकति लाज शरम भन्ने कुरा पनि मानौं न हो ।
यसका गफ कस्ले पत्याउने फेरी देखाइ हालिस नी अनुहार त महरालाइ पक्रेर अनि एस एस पी सरुवा गरेर