जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्न पाउँदा गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्न पाउँदा गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रुपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताएका छन् ।

जनगायक टुहुरेको दोस्रो स्मृति दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले नेपालको बाम-लोकतान्त्रिक आन्दोलन र सांगितिक तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकै कारण आफू नेतृत्वको सरकारले भर्खरै उनलाई सो उपाधि प्रदान गरेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले जनगायक टुहेरेकै जनवादी प्रगतिशील गीत गाउँदै आफूले राजनीतिक यात्रा सुरु गरेको पनि दोहोर्याए । जनगायक टुहुरेले नेपालको राजनीतिक, सांगीतिक र सांस्कृतिक क्षेत्रमा पु¥याउनुभएको योगदान भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोतको रुपमा रहिरहने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘नेपालको बाम–लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक उहाँले पुर्याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रीपरिषद बैठकले जेबी टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ । यसका निम्ति यहाँहरु सबैलाई बधाई ज्ञापन गर्दै उहाँलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गर्ने ऐतिहासिक अवसर प्रदान गरेकोमा गौरव महशुस गरेको कुरा समेत यहाँहरुको अगाडि राख्न चाहन्छु । स्मृति ग्रन्थ जेबी टुहुरेको जन्म, कर्म र विचारहरुको विविध आयामहरुको विभिन्न कोणबाट विश्लेषण, संश्लेषण गरिएको छ । समग्र पुस्तक पढदा टुहुरेको चेतना राम्रैसँग स्मरणमा ल्याई दिन्छ । यसले टुहुरेको समग्र जीवन बुझ्न र यसबाट शिक्षा लिन प्रेरित गरिरहनेछ ।’

प्रधानमन्त्री दाहालले जनताका गायकको रुपमा जेबी टुहुरेले दिएको विचारले आफूलाई शान्ति प्रक्रियामा आएपछि अझ धेरै प्रभावित तुल्याएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर