पर्यटकहरू धेरै आएको भन्दै अष्ट्रियाको सहरमा विरोध प्रदर्शन
काठमाडौं । विश्वका धेरै सहरहरू पर्यटकहरू स्वागत गर्न तयार छन् । पर्यटकहरूलाई बोलाउन उनीहरू अनेक हत्कण्डा अपनाइरहेका छन् । तर, अष्ट्रियाको एक सहर भने आएका पर्यटकहरूलाई अब कम आउन वा नआउन भनिरहेका छन् ।
यो कथा हो अष्ट्रियाको समुद्रदेखि हिमाल भएको सहर हलस्टाट । जम्मा ७०० स्थानीय जनसंख्या मात्रै भएको उक्त सहरमा दैनिक पर्यटकहरू १० हजार आउने गरेको बीबीसीले उल्लेख गरेको छ ।
पर्यटकहरू संख्या अत्यधिक हुन थालेपछि स्थानीयहरुले साँझ पाँच बजेपछि टुर बस नल्याउन माग गरेका छन् । ठाउँ-ठाउँमा बोर्ड टाँसेर हल्ला नगर्न भनेका छन् ।
सन २००६ मा कोरियाली प्रेमिल ड्रामा सिरिजमा परेको देखि विश्व सम्पदा सूचीको क्षेत्र भएकोले यो सहर आफैँमा लोकप्रिय छ ।
बढ्दो पर्यटकहरूको आगमनले लोकप्रियता झनै बढेर गएको छ । यही कुराले स्थानीय पर्यटकहरू धेरै आएर समस्या भएकोमा आक्रोशित भएका छन् ।
स्थानीयले ठाउँ-ठाउँमा काठको बार लाएर पर्यटकीय क्षेत्रमा जान रोक लाएका छन् भने मेयरले पर्यटक आगमनलाई एक तिहाइले कम गर्ने बचन दिएको बीबीसीले उल्लेख गरेको छ ।
Dear Journalist!
This is NOT in Australia, it’s in Austria (Europe).
Forget about the copy and paste journalism. Be creative!