ओलीको प्रश्न- ईश्वर पोखरेललाई थुन्दा पानी ट्यांकीमा लुकायो भनिएको पैसा कहाँ गयो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेलले पानी ट्यांकीभरि पैसा लुकाएको भनेर भ्रम छरेको बताएका छन् ।
काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बदनाम गर्न राजाले प्रतिगमन गर्दा नेता पोखरेलमाथि पैसा लुकाएको आरोप लगाएको दाबी गरे ।
उनले भने, ‘हाम्रो पार्टीले कहीं पनि कुनै कमीकमजोरी गरेको थिएन । बदनाम गर्न त ज्ञानेन्द्र शाहले प्रतिगमन गरेको, ईश्वर पोखरेललाई थुन्दा पानीट्यांकीभरि पैसा लुकायो भनियो, कहाँ गयो त त्यो पैसा ? ज्ञानेन्द्रले लग्यो कि कसले लग्यो ? ईश्वर पोखरेललाई त थुनेको थियो, ट्यांकीको पैसा हाजिर गर न त अब । फिर्ता गर ट्यांकीको पैसा कति थियो ? ईश्वर पोखरेललाई थुन्दा ट्यांकीमा पैसा थियो भने त्यो पैसा कहाँ गयो ? त्यो पैसा त सरकारले लियो होला नि ! कति लिएको थियो पानी ट्यांकीबाट ?’
ओलीले अहिले विरोधीहरुले त्यही कुरालाई जनताको बीचमा लिएर गएको बताए ।
उनैलाई सोध्नु पर्छ ।