समस्या आएपछि उडेन चाइना साउथर्नको विमान, दुई दिनदेखि यात्रु सोल्टी होटलमा
काठमाडौं । चाइना साउथर्नको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान हुन सकेको छैन । सोमबार नै उड्नुपर्ने जहाजमा समस्या आएपछि उड्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
विमानले चीनको गोन्जाओका लागि उडान भर्नुपर्ने थियो । विमानमा समस्या आएपछि यात्रुलाई सोल्टी होटलमा राखिएको विमानस्थलले जनाएको छ ।
यात्रुबाट अहिलेसम्म कुनै गुनासो नआएकोले व्यवस्थापनमा समस्या नभएको आफूहरुले बुझेको प्रवक्ता झाले बताए ।
जहाजमा २२८ जना यात्रु थिए । जहाजको मर्मत भइरहेको छ । सम्भवतः आज बेलुका गोन्जाओबाटै ठूलो जहाज ल्याएर ती यात्रु लाने तयारी भएको झाले जानकारी दिए ।
गोन्जाओबाट आएको जहाज सोमबार १०ः२१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको थियो । सोलगत्तै गोन्जाओ नै फर्कने तयारी थियो ।