बैतडीको पन्चेश्वरमा भान्सामै सर्पले टोकेपछि झारफुक गर्दा महिलाको मृत्यु
नेपाल प्रेस
२०८० भदौ १३ गते १३:४५
बैतडी । बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो ।
मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।
सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्यलाई बोलाइएको थियो । तर झारफुक गरेपछि केहि समय निको भएको महसुस भएको र राती १२ बजेको समयमा मृत्यु भएको स्थानीय एवं स्वास्थ्य स्वयमसेविका पानमती घटालले बताइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर