झिनो अंकले घट्यो नेप्से, एक अर्ब १३ करोडको कारोबार
नेपाल प्रेस
२०८० भदौ १३ गते १५:२१
काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले घटेको छ । बुधबार शेयरबजार २.८२ अंकले गिरावट भई १९९०.५९ बिन्दुमा कायम भएको छ ।
आज ३८ लाख ३ हजार २४४ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ८ हजार ४१ रूपैयाँको कारोबार भएको छ ।
आज सिटी होटल, सानीमा डेबेन्चर २०८७ र माया खोला हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन । भने, सर्वाधिक गुमाउनेमा शिद्धार्थ इक्यूटी फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावर रहेका छन ।
कारोबारका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड १० करोड ९१ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया