३४ वर्षपछि सिरहाको सर्रे अम्वासमा बसेको सचिवालय बैठकले के गर्‍याे निर्णय ? – Nepal Press

३४ वर्षपछि सिरहाको सर्रे अम्वासमा बसेको सचिवालय बैठकले के गर्‍याे निर्णय ?

एमालेको निष्कर्ष- राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सियो

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय विशेष बैठक सिराहाको धनगढीमाई नगरपालिका-४, सर्रे अम्बासमा बसेको छ । बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरु सहित विशेष प्रस्ताव पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन गरेको स्थानमा बसेको बैठकमा महाधिवशेन सम्पन्न भएको ३५ औं वर्ष प्रवेशको गरेको अवसर पारेर सोही ठाउँमासचिवालयको बिशेष बैठक बसेको हो ।

बैठकले चौथोराष्ट्रिय महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारी र तत्कालीन सन्दर्भ समेतलाई सम्मान साथ स्मरण गर्नुको साथै यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले भनेको छ, बैठकमा मुलुकको राजनीतिमा पनि ठूला परिवर्तनहरु भएका छन् । मुलुक यतिबेला विद्यमान पञ्चायती तानाशाही र राजतन्त्रलाई समाप्त पार्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । जनताका प्रतिनिधिले बनाएको संविधानबाट सञ्चालित छ । जनताका अधिकारहरु संविधानमा संरक्षित छन् । त्यतिबेलाको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी आज देशकै मुख्य राष्ट्रिय शक्तिका रुपमा स्थापित भएको छ ।’

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न बाँकी नै रहेको उल्लेख गरेको छ । राष्ट्रियतालाई सुदृढ गर्नेे अभियान जारी रहेको उल्लेख गर्दै पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका बताएको छ ।

एमालेले भनेको छ, ‘समाज र राजनीतिमा देखापरेका विकृति, विसंगती, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ ।

यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरुप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ । यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर