महिला विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालले सुरुका तीन बलमै गुमायो तीन विकेट
नेपाल प्रेस
२०८० भदौ १४ गते ८:०९
काठमाडौं। महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत मलेसियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालले सुरुका तीन बलमै तीन विकेट गुमाएको छ ।
नेपालले पहिलो बलमा काजल श्रेष्ठ, दोस्रो बलमा कुमारी खड्का र तेस्रो बलमा इन्दु बर्मा आउट भए ।
मलेसियाकी बलर ऐना हामिजाले सुरुका दुई ब्याटरलाई आउट गरेकी थिइन् भने बर्मा रन आउटको शिकार भइन् ।
नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ३७ रन जोडेको छ । कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् भने सिता राना मगर १३ रनमा खेल्दैछिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर