अफ्रिकी मुलुकमा बढिरहेको सैन्य कुप्रति संयुक्त राष्ट्रसंघको चिन्ता – Nepal Press

अफ्रिकी मुलुकमा बढिरहेको सैन्य कुप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीवार अफ्रिकामा जारी सैन्य बिद्रोकहको हालैका घटनाक्रमहरुमाथि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गत महिनामात्रै नाइजर, २०२२ मा बुर्किना फासो र त्यसअघिका वर्षहरुमा चाड, गिनी, सुडान र मालीमा सैन्य कु भएको थियो । केहीदिनअघि मात्रै ग्याबोनामा सैन्य कु भएको छ ।

गुटेरेसले अफ्रिकामा शान्ति, लोकतान्त्रिक स्थायित्व र सुशासनको प्रवद्र्धनमा निर्णयक भुमिका खेल्न अफ्रिकी युनियनहरुसँग आग्रह गरे । उनले अफ्रिकी जनतालाई यस बारेमा जानकार गराउनुपर्ने बताए । यस साताको अन्तिममा उनी केन्यामा हुने अफ्रिका जलवायु शिखर सम्मेलनमा जाँदै छन् ।

त्यसपछि १३ औं एशियन संयुक्त राष्ट्र शिखर सम्मेलनमा भाग लिन इण्डोनेसिया जाँदै छन् । त्यसलगत्तै उनी जि २० शिखर सम्मेलनमा भाग लिन भारत आउनेछन् । साथै जी ७ र चीनको शिखर सम्मेलनका लागि क्युबा जाँदै छन् ।

उनले सो सम्मेलनका क्रममा पनि यसबारेमा विश्वस्तरका नेतासँग छलफल गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर