विद्यालयको कंक्रिट संरचना भत्किन थालेपछि बेलायतका १५६ विद्यालय बन्द गरिँदै – Nepal Press

विद्यालयको कंक्रिट संरचना भत्किन थालेपछि बेलायतका १५६ विद्यालय बन्द गरिँदै

काठमाडौं । विद्यालय निर्माणमा प्रयोग भएका कंक्रिट भत्कन थालेपछि बेलायतका १५६ विद्यालयहरु बन्द गरिने भएको छ ।

बेलायतको शिक्षा विभागले देशभरका कम्तिमा १५६ विद्यालयहरु जोखिममा भएको भन्दै बन्द हुने सूचना जारी गरेको छ ।

जर्मनीको विश्व समाचार च्यानल डिडब्लूका अनुसार गर्मी बिदा सकेर विद्यार्थीहरु विद्यालय फर्कन लाग्दा यस्तो सूचना सार्वजनिक भएको हो ।

सन १९५० को दशक देखि १९९० को दशकमा प्रयोग गरिएका आरएएसी कंक्रिट संरचनाका भवनहरु भत्कन थालेपछि यस्तो निर्णय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर