क्यानको बागमती प्रदेश अध्यक्षमा पारसलाई उमेश पियाको चुनौती, अन्य पदमा को-को उम्मेदवार ? – Nepal Press

क्यानको बागमती प्रदेश अध्यक्षमा पारसलाई उमेश पियाको चुनौती, अन्य पदमा को-को उम्मेदवार ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बाग्मती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सर्वसम्मत नहुने भएका छन् । अध्यक्षमा उनीसँगै चितवनका उमेश पियाको उम्मेदवारी परेको छ ।

आज सुरु भएको अधिवेशनमा प्रदेश अध्यक्ष लागि खड्का र पियाले उम्मेदवारी दिएका हुन् । यसैगरी, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पनि दुई-दुई जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षेत्री र भक्तपुरका रुपक रञ्जितले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरि, सचिवमा ललितपुरका प्रशन्न शाक्य र नुवाकोटका प्रज्ववल सापकोटाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भक्तपुरका सञ्जय बस्नेत र चितवनका विजय बोहेरा भिड्ने भएका छन् ।

९ जना सदस्यहरुका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । चितवनका ध्रुव शर्मा, काठमाडौंका अजयवीर पाण्डे, चितवनका अनिल अधिकारी, मकवानपुरका सन्जोग पोखरेल, भक्तपुरका नीरा राजोपाध्याय, मकवानपुरका धिरज श्रेष्ठ लगायत सदस्यका आकांक्षी हुन् ।

केहीबेरमा मतदान हुँदैछ । पारस र उमेश दुवैले प्यानलसहित उम्मेदवारी दिएका हुन् । पारसकाे प्यानलबाट उपाध्यक्षमा प्रेमबहादुर, सचिवमा प्रशन्र र काेषाध्यक्षमा सञ्रजयकाे उम्मेदवारी परेकाे हाे । उमेशकाे प्यानलबाट उपाध्यक्षमा रूपक, सचिवमा प्रज्ववल र काेषाध्यक्षमा विजय रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर