एमाले महासचिव पोखरेल र चिनियाँ अधिकारीबीच भेट
नेपाल प्रेस
२०८० भदौ १७ गते १२:४९
बेइजिङ । चीन भ्रमणका रहेको नेकपा एमालेको टोलीका नेता तथा एमाले महासचिव शंकर पोखरेल र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ ।
टोलीलाई आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले स्वागत गरेका थिए ।
स्वागतपछि दुई पक्षीय भेटवार्ता भएको भ्रमण दलका सदस्य पत्रकार राजेश राईले जानकारी दिए ।
तीन करोड बढी जनसंख्या भएको स्थानीय सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँगको छलफलबाट एमालेको चीन भ्रमणको औपचारिक सुरुवात भएको छ । २२ सदस्य भ्रमण दलले चीनमा १२ दिन बिताउनेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर