चिनियाँ प्राज्ञलाई प्रश्न- चीनले नेपालको नयाँ नक्सा अस्वीकार गरेको हो ?’
बेइजिङ । दक्षिण एसियाको भ्रमण सकेर एकदिन अघि मात्र चीन फर्किएका छन् चिनियाँ युवा प्राज्ञ डा. गाओ लियाङ । नेपाल, बंगलादेश, श्रीलंकालगायतका देशको भ्रमणपछि दक्षिण एसिया मामिलाका जानकार उनले पाकिस्तानबाट भ्रमणको मौजारो गरेका थिए । दक्षिण एसियाली देशका प्राज्ञ, विज्ञ, पत्रकार, नेता तथा सार्वजनिक व्याक्तित्वसँगको छलफल र अन्तरक्रिया सकेर उनी चीन आएका छन् ।
चीनको सिचुआन विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन संस्थानको नेपाल अध्ययन केन्द्रका उपनिर्देशकदेखि नेपालका मामिलाका जानकार लियाङसँग नेपालमै बसेर काम गरेको अनुभव पनि छ । उनी सन् २०१९ जुन देखि २०२० फेब्रुअरीसम्म नेपालमा मुख्यालय रहेको इसिमोडमा भिजिटिङ स्कलरको रूपमा कार्यरत थिए । नेपालमा ५० पटक भ्रमण गरिसकेका उनै चिनियाँ प्राज्ञसँग गत हप्ता सार्वजनिक भएको नयाँ चिनियाँ नक्सादेखि त्यो नक्सामा समावेश नभएको नेपालको चुच्चे नक्सालगायतका विषयमा गरिएको कुराकानी नेपाल टकमा
– दक्षिण अफ्रिकाका भएको १५औं ब्रिक्स् शिखर सम्मेलन सकिएको एक हप्तापछि र भारतको राजधानी नयाँ दिल्लीमा जी-२० शिखर सम्मेलनको संघारमा चीनले नयाँ नक्सा किन ल्याएको हो ?
जनवादी गणतन्त्र चीनको मानवसंशाधन मन्त्रालयलाई चीनको नापनक्सा कोर्ने, अद्यावधिक गर्ने र प्रकाशन गर्नेलगायतका जिम्मेवारी हुन्छन् । यो नक्सा जारी कुनै एक दिन विशेषको काम होइन । यो मन्त्रालयको नियमित कामको अंग हो । र, यो पहिलोपटक भएको काम पनि होइन । तपाईँ त्यसको आधिकारिक वेबसाइटमा हेर्न पुग्नु भयो भने समयसमयमा चीनको आन्तरिक आर्थिक तथा सामाजिक विकासका नक्साहरू अद्यावधि हुँदै आएको जानकारी हुन्छ ।
– के यो नक्साको रास्ट्रपति सीको भारतको राजधानी नयाँ दिल्लीमा आगामी हप्तामा हुने जी-२० शिखर सम्मेलनमा अनुपस्थित हुने भन्नेमा कुनै सम्बन्ध छ ?
देशको एक नियमित नक्सा जारीको कामलाई देशहरूका कूटनीतिसँग जोड्नु नितान्त अनावश्यक कुरा हो ।
नेपाली जनताको सीमाको विषयमा आएको संवेदनशीलता र उच्च तहको सरोकारमा चिनियाँ जनताको सहानुभूति छ । यद्यपि, नेपाली साथीहरूले चीनका समस्याहरू पनि बुझ्नुपर्छ । चीनमा हतारमा आफ्नो पक्षमा उभिन भन्दा ऐतिहासिक मामिलाको ‘स्टाटसको’ (यथास्थिति) परिवर्तन पनि हुन्न र यसले विषयलाई झन् जटिल बनाउँछ ।
– नेपालको नयाँ चुच्चे नक्सा जारी गरेपछि तत्कालीन पररास्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनलाई जानकारी गराएको सार्वजनिक मिडियामा बोलेका थिए । चीनले किन नेपाली नक्सालाई अटाएन ?
नेपाल र भारतको सीमा समस्या नयाँ होइन । यसको जरो बेलायती उपनिवेशदेखि नेपाल भारतको वास्तविक राजनीतिसँग जोडिन्छ । यसको अन्तिम समाधान दुई देशहरुको मित्रवत् समन्वय र छलफलहरूबाट हुनुपर्छ । यसमा चीनलाई जोड्नु श्रेयस्कर होइन । जबरजस्त चीनलाई यता तान्नुले समस्याको हल गर्दैन ।
– चीनले भारतले कब्जा गरेको नेपालको भूमि समेटेको नयाँ नक्सा अस्वीकार गरेको हो ?
चीनले अरु देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन र यसले नेपाल र भारतको सीमा विवादमा कुनै पक्षको समर्थन पनि गर्दैन । यो चीनको अभ्यासमा पर्दैन । नेपालले आफ्नो नक्सामा साथ दिन चीनलाई दबाब दिनु राम्रो होइन । चीनले पनि आफ्नो नक्सामा समर्थन गर्न नेपाललाई दबाब दिँदैन ।
नेपालको पुरानै नक्साहरू चीनमा प्रचलित छन् । चीनले सन् २०२० र २०२२ मा जारी गरेको नक्साकै निरन्तरता हो नयाँ नक्सा । यसलाई भारतीय पक्षको समर्थन भएको नक्सा भनेर बुझ्नु हुन्न । चीनको औपचारिक अडान भनेकै दुई देशको समस्या दुई देशले मित्रवत् समन्वयबाट हल गरुन् भन्ने नै हो ।
नेपाली जनताको सीमाको विषयमा आएको संवेदनशीलता र उच्च तहको सरोकारमा चिनियाँ जनताको सहानुभूति छ । यद्यपि, नेपाली साथीहरूले चीनका समस्याहरू पनि बुझ्नुपर्छ । चीनमा हतारमा आफ्नो पक्षमा उभिन भन्दा ऐतिहासिक मामिलाको ‘स्टाटसको’ (यथास्थिति) परिवर्तन पनि हुन्न र यसले विषयलाई झन् जटिल बनाउँछ ।
– अगामी असोज ५ गते प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा हुनेछन् । उनलाई नक्सा मामिलाको दबाब पनि हुनेछ । नेपालको संघीय राजधानी काठमाडौंका मेयर बालेनले पनि नक्साकै विषयमा चीन भ्रमण रद्द गरेका छन् । यो मुद्दा नेपाल र चीनले कसरी सुल्झाउलान् ?
चीन र नेपाल दुवैलाई जानकारी छ कि दुई देशका बीचमा अरु झन् महत्वपुर्ण र अत्यावश्यक सम्बोधन हुनुपर्ने सवाल छन् । दुई देशका प्रमुखहरू बीचमा यसको सहमति छ । प्रधानमन्त्री प्रचण्ड लामो समयदेखि तयारी गरिरहनु भएको छ र दुवै पक्षले यसमा धेरै महत्व दर्शाएर उच्च आशा राखेका छन् । त्यसैले यो नक्साको विषयले भ्रमणमा कुनै असर गर्नेछैन ।
मेयर बालेन्द्र शाहको चीन भ्रमण रद्द गर्ने उहाँको आफ्नै कारणहरू, बुझाइहरू र निजी स्वतन्त्रताको कुरा हो । चिनियाँ पक्षले नेपालकका सबै क्षेत्रका साथीहरूसँग मित्रवत्रूपमा अन्तरसंवाद र सहकार्य गरिरहेको छ । मलाई आशा छ मित्रवत् कृयाले मित्रवत् प्रतिकृया नै प्राप्त गर्नेछ ।
याे पनि पढ्नुस् : चीनको उपेक्षामा चुच्चे नक्सा : लिपुलेकमा ७० वर्षअघि नै थापिएको ‘सिनो-इण्डियन’ ढोक्सा