जापानी सामग्री प्रतिवन्ध लगाउन माग गर्दै दक्षिण कोरियाली नागरिकको विरोध – Nepal Press

जापानी सामग्री प्रतिवन्ध लगाउन माग गर्दै दक्षिण कोरियाली नागरिकको विरोध

काठमाडौं । जापानले दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फालेपछि दक्षिण कोरियाली नागरिकले विरोध जारी राखेका छन् ।

शनिवार उनीहरुले सडकमा भेला भइ नारा जुलुस गर्दै जापानको विरोध गरेका हुन् । उनीहरुले विकिरणबाट उत्पन्न पानी समुन्द्रमा फाल्न बन्द गर, सबैले जलबाट उत्पादन हुने सामानमा प्रतिवन्ध लगाउँ लगायतका नारासहित आन्दोलन गरेका थिए ।

उनीहरुले कोरिया सरकारलाई जापान सरकारबिरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न आग्रह गरेका छन् । १ हजार युवाहरुले समुन्द्र निकट क्षेत्रमा गरेको सर्वेक्षणमा ७२.४ प्रतिशत नागरिकले जापान सरकारको बिरोध जनाएको बताइएको छ ।

त्यस्तै ७८.३ प्रतिशत जनताले जापानबाट आयात हुने जलबाट उत्पन्न सामग्रीमा प्रतिवन्ध लगाउन र ६७.४ प्रतिशत दक्षिण कोरियाली नागरिकले उत्पादन बहिष्कार गर्न आग्रह गरेका छन् । डेढ घटाको र्‍यालीमा प्रदर्शनकारीहरुले राजधानी सियोलमा राष्ट्रपति कार्यालयसम्म करिव ५ किलोमिटरको यात्रा गरेका थिए ।

पानी फाल्न शुरु गरेसँगै जापानकै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरुले विरोध जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर