पानीका जारको अनुगमन : कतै कीरा त कतै फोहोर भएकाे गुनासाे – Nepal Press

पानीका जारको अनुगमन : कतै कीरा त कतै फोहोर भएकाे गुनासाे

अनुगमनलाई नियमित गरिनेछ : डा. झा

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अहिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ ।

पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो ।

अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकै शंका देखिएका छन् ।

यस क्रममा आज वडा नं. ३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गरेको हो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाकाअनुसार, पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएको थियो ।

यसरी हेरिएका सवारी साधनमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि थिएनन् । भएकामध्ये आधामा लेवल राखिएको थियो । आधामा थिएन । कुच्चिएर, चुहिने, फुटेका जार सराबरी थिए ।

पानीको बिल र चलानी कसैसँग पनि थिएन । सवारी साधनमा भएका चालक तथा सहयोगीसँग समस्याका विषयमा अधिकारीहरुले जानकारी माग्दा आफूहरुलाई थाहा नभएको साहुलाई सोध्नु पर्ने बताए ।

समस्या देखिएकामध्ये १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरिएको छ ।

पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु विभागमा गुनासो गर्न आउन थालेका छन् ।

वितरण प्रणालीबाट आएको पानीमा विश्वाश नगरेर उपभोक्ता जारको पानीमा निर्भर भएका छन् । पैसा तिरे पनि सोचेको जस्तो गुणस्तरको पानी पाउन सकेका छैनन । उपभोक्ताले पानीको शुद्धता एकिन गर्न जाँगर चलाएको देखिँदैन ।

व्यवसायीले व्यवसायिक धर्म निर्वाह गरेनन भन्दैमा उपभोक्ता चुृप हुनु पर्ने देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर