६१ किलो सुन प्रकरणमा तानिए पूर्वउपराष्ट्रपति पुत्र, सीआईबीले लियो बयान
नेपाल प्रेस
२०८० भदौ १९ गते १४:१९
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । तस्करीमा उनको समेत कनेक्सन देखिएपछि उनलाई अनुसन्धानमा तानिएको स्रोतले बतायो ।
गृह मन्त्रालय स्रोतका अनुसार पुनलाई आइतबार सीआइबीमा बोलाएर सोधपुछ गरिएको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने पनि स्रोतको भनाइ छ ।
पुन नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर