बिदामा चलाइएका सरकारी गाडी युवा संघको निगरानीमा, कारबाहीको लागि ट्राफिकको जिम्मा – Nepal Press

बिदामा चलाइएका सरकारी गाडी युवा संघको निगरानीमा, कारबाहीको लागि ट्राफिकको जिम्मा

काठमाडौं । सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ ।

युवा संघले सार्वजिनक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो । युवा संघले काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलका अनुसार अब देशभर सार्वजनिक बिदाको दिन गाडी रोकिने छन् र बिना पास सरकारी सवारी साधन चलाउने सवारी साधन नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको बताए ।

युवा संघले सवारी साधन नियन्त्रणमा लिन थालेपछि थप क्षति हुन नदिन प्रहरी वृत्त कालिमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल सडकमा देखिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर