कान्तिमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाबारे सदनमा उठ्यो कुरा – Nepal Press

कान्तिमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाबारे सदनमा उठ्यो कुरा

काठमाडौं । समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको विषयमा संसदमा कुरा उठेको छ ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुर थाहा नगरपालिका-१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशाको अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै घटनाको छानबिन, दोषीलाई कारबाहीसहित पीडितलाई न्याय दिन माग गरे । उनले सबै बालबालिकालाई सहजरूपमा उपचारको उचित प्रबन्ध गराउन ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिकित्सकलाई मात्रै दोष दिन नमिल्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर