महेन्द्र यादवमाथि आक्रमणको ‘रुट कज’ ओली र योगेशमाथि आक्रमणमा सरकारी मौनता–गोकुल बास्कोटा – Nepal Press

महेन्द्र यादवमाथि आक्रमणको ‘रुट कज’ ओली र योगेशमाथि आक्रमणमा सरकारी मौनता–गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमणको जड सरकारी मौनता र दण्डहीनता रहेको टिप्पणी गरेका छन् । उनले सत्ताको संरक्षणमा हिंसा मौलाएको भन्दै यादवमाथि हमलाको निन्दा गरेका छन् ।

बास्कोटाले भने, ‘कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको सांघातिक आक्रमण निन्दनीय छ । तर, हिंसा सत्ता संरक्षणमा मौलाएको हो । प्राध्यापक चलाउनेमाथिका हमलाकारीलाई सरकारी माफी र एमाले अध्यक्ष केपी ओली र सचिव भट्टराईमाथिका आक्रमणमाथि सरकारी मौनता यस्का रुट कज हुन् । कांग्रेस तातेको छ, तर अडिन्छ कति ? शंका छ ।

पहिचानवादीका नाममा एमाले अध्यक्ष ओली र योगेश भट्टराईलगायतका नेतामाथि पूर्वका विभिन्न जिल्लामा अवरोध हुँदा सरकारले आक्रमणकारीलाई संरक्षण गरेकाले यस्ता तत्वहरू हौसिएको बास्कोटाले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर