अदालतले संविधान कार्यान्वयन गरायो, अब सबै मिलेर जानुको विकल्प छैन: हिक्मत कार्की
विराटनगर । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतले गठबन्धनले मिचेको संविधान र कानूनको संरक्षण गरेको बताएका छन् ।
सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएपछि नेपाल प्रेससँग कुरा गर्दै उनले गठबन्धनले मिचेको संविधान र कानूनलाई सर्वोच्चले ठीक ठाउँमा ल्याएको प्रतिक्रिया दिए ।
उनले अब सबै दलसँग मिलेर सरकार सञ्चाचन गर्ने बताए । कोशी प्रदेशको अवस्था विशिष्ट भएको भन्दै उनले संघीय संरचनालाई कायम राख्न सहकार्य गर्न कांग्रेसलाई आग्रहसमेत गरे ।
कार्कीले भने, ‘अब मिलेर जानुको विकल्प छैन । सत्ता सहकार्यका लागि हामी सदैव खुला छौं । मिलेर अगाडि बढौं ।’
राष्ट्रिय सहमति भनेर कराउने प्रचण्डले अब गरन राष्ट्रिय सहमति कोशीमा । दिल्लीको आदेशमा राष्ट्रिय सहमति भनेको हो कि साच्चिकै चाहेको हो । अब परीक्षा हुन्छ प्रचण्डको ।