कान्तिमा जानाजान बालिकाको मृत्यु भएको देखिए कारबाही गर्छु : स्वास्थ्यमन्त्री (भिडिओ) – Nepal Press

कान्तिमा जानाजान बालिकाको मृत्यु भएको देखिए कारबाही गर्छु : स्वास्थ्यमन्त्री (भिडिओ)

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा जानाजान अस्पातालबाट गल्ती भएको भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका हुन् ।

‘इजिप्टबाट नै सचिवलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिइसकेको छु’, उनले भने ।

इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा बसाइसराइइ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा वृहत छलफल भएको उनले बताए ।

कायरोमा यही भदौ १९-२२ गतेसम्म जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *