आत्महत्यामा समाजले पार्ने असर, को जिम्मेवार ? – Nepal Press
सन्दर्भ: आत्महत्या रोकथाम दिवस

आत्महत्यामा समाजले पार्ने असर, को जिम्मेवार ?

सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस । यो दिवस आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघ र विश्व स्वास्थ्य संगठनले सन् २००३ मा पहिलो पटक मनाउन थालेका थिए । आत्महत्याविरुद्ध सचेतना फैलाउने, आत्महत्याको जोखिममा रहेका व्यक्तिहरुको पहिचान गर्ने, समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचार जस्ता कुरामा सबैको ध्यानाकर्षण गराउन यो दिवस मनाउने गरिन्छ । सन् २०२१ देखि विश्व आत्महत्या रोकथाम दिवसको नारा ‘क्रेटिङ होप थ्रु एक्सन’ अर्थात् ‘काममार्फत आश सृजना गरौं’ भन्ने रहेको छ, यस वर्ष पनि यही नाराले निरन्तरता पाएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा प्रत्येक वर्ष करिब ७ लाख ३ हजार मानिसले आत्महत्या गर्छन् । प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । अझ १५-१९ वर्ष उमेर समूहको व्यक्तिहरुको मृत्युका प्रमुख चार कारणमध्ये आत्महत्या पनि एक हो । विश्वको सबैभन्दा बढी आत्महत्या हुने दर रहेको मुलुक लेसोथो हो । दक्षिण अफ्रिकी मुलुक लेसोथोमा प्रतिएक लाखमा करिब ७२ जनाले आत्महत्या गर्छन् ।

आत्महत्या विश्वभरिमा जनस्वास्थ्य सवाल बनेको छ, यसले समाज, देश र विश्वलाई प्रभावित बनाएको छ । आत्महत्याबाट युवाहरु बढी प्रभावित रहेका छन् । आर्थिक अवस्था कमजोर भएका र मध्यम आर्थिक अवस्था भएका मुलुकहरुमा यो समस्या बढी देखिए पनि विश्वभरिकै समस्याका रुपमा रहेको छ ।

नेपालमा पनि विश्व आत्महत्या रोकथाम दिवस केही वर्षयता विविध कार्यक्रमका साथ मनाइने गरिन्छ । आत्महत्याका घटनाहरुलाई न्यून गर्न राज्य वा गैरसरकारी क्षेत्रबाट ठोस कदम त चालिएको छैन । तर, यो दिवस मनाउने काम चाहिँ भएको छ । नेपाली समाजमा आत्महत्याका घटना अन्य अविकसित देशहरुकै हाराहारीमा हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार नेपालमा प्रतिएक लाख ९ जनाले आत्महत्या गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल बढी आत्महत्या हुने मुलुकको सूचीमा २६औं स्थानमा छ ।

नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा ३१ हजार ३६७ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा ५ हजार ३५९, २०७५/०७६ मा ६ हजार २५२, २०७६/०७७ मा ५ हजार ७८५, २०७७/०७८ मा ७ हजार १४१ र २०७८/०७९ मा ६ हजार ८३० ले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा १३ हजार ७५ महिला रहेका छन् । कुल आत्महत्या गर्नेमध्ये २ हजार ८४८ बालबालिका रहेका छन् । तथ्याङ्कअनुसार आत्महत्या गर्नेमध्ये वयस्कहरुमा महिलाको तुलनामा पुरुषको संख्या बढी देखिन्छ । तर, बालबालिकाको तथ्याङ्क हेर्दा बालक भन्दा बालिकाको संख्या बढी देखिन्छ । ५ वर्षको तथ्याङ्क हेर्दा आत्महत्या गर्ने बालिका १ हजार ७४२ छन् भने बालक १ हजार १०६ रहेका छन् । यो गत आर्थिक वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने हाम्रो देशमा प्रत्येक दिन करिब १९ जनाले आत्महत्या गर्छन् ।

पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणहरु हेर्दा, सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एकापसमा जोडिँदै जाँदा प्रेम सम्बन्धसम्म पुग्ने, पछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, बालविवाह र बहुविवाह बढी हुने, ढाँटेर अर्को विवाह गर्ने जस्ता घटनाहरु हुँदै जाने र अन्ततः आत्महत्याको तहमा पुग्ने गरेको पाइन्छ ।

यो तथ्याङ्क प्रहरीसम्म आएको जानकारीमात्रै हो । अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरु वा शहरमै पनि सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरु प्रहरीको अभिलेखसम्म आउँदैनन् । प्रहरीलाई जानकारी गराए पोष्टमार्टमलगायतका कानूनी प्रक्रियाहरु पूरा गर्नुपर्ने झन्झटिलो र खर्चिलोमा लाग्नुभन्दा स्वाभाविक मृत्युु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटना अभिलेखमा आउँदैनन् । शहरी क्षेत्रका सम्भ्रान्त वर्गमा हुने कतिपय आत्महत्याका घटना पनि प्रहरी अभिलेखमा आउँदैन । घर र परिवारको ‘इज्जतको सवाल’ ठानेर आत्महत्यालाई पनि स्वाभाविक मृत्यु भन्ने चलन छ । यदि सबै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्यामा १५ देखि २० प्रतिशतसम्म वृद्धि हुनसक्छ अर्थात् प्रत्येक दिन करिब २२ जनाले आत्महत्या गरेको तथ्याङ्क आउनसक्छ ।

आत्महत्याको कारण

आत्महत्या लेटिन भाषाको suicidium शब्दबाट बनेको छ । जसको अर्थ स्वयंलाई मार्नु भन्ने हो । आत्महत्या व्यक्तिगत कारण हुने गर्छन् । व्यक्तिले विभिन्न आकाङ्क्षा पालेको हुन्छ र ती आकाङ्क्षा तत्काल पूरा होऊन भन्ने चाहन्छ । ती चाहना पूरा नभएपछि आत्महत्या गर्न पुग्छ । तर, समग्रमा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मूल कारण ‘समाज’ हो । हरेक व्यक्तिका इच्छा, चाहना, आवश्यकता रहेका हुन्छन् । उसले ती इच्छा, चाहना, आवश्यकता परिपूर्ति गर्न चाहन्छ । तर, समाजले उसलाई छुट दिँदैन । यस्तो अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक मृत्युवरण गर्न बाध्य हुन्छ । व्यक्तिलाई आत्महत्याको तहसम्म पुर्‍याउन समाजले उत्प्रेरकको काम गर्छ ।

उदाहरणका लागि पछिल्लो समय आत्महत्याका घटनालाई लिन सकिन्छ । युवायुवतीको बीच प्रेम सम्बन्ध भयो । उनीहरु बिहे गर्न चाहन्छन् । तर, समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै बहानामा उनीहरुलाई बिहे गर्ने अनुमति दिँदैन् । सँगै मर्ने, सँगै जीउने बाचाका साथ प्रेम गरेको युगल जोडी छुट्टिनु पर्दा युवा वा युवती वा दुवै आत्महत्याको तहमा पुग्छन् । परीक्षामा असफल हुँदा धिक्कार्ने हाम्रो समाज बेरोजगार हुँदा ‘निकम्मा’ उपमा दिन्छ । यी र यस्ता कतिपय सामाजिक कुराहरु छन्, जसले गर्दा व्यक्ति आत्महत्याको तहमा पुग्छ । त्यसकारण आत्महत्याको मुख्य कारण समाज नै हो ।

पौराणिक कालमा पनि आफू पृथ्वीमा जुन काम गर्न आएको हो, त्यो काम सकिएपछि ‘स्वयं समाधिस्थ’ भएका कथा पढ्न पाइन्छन् शास्त्रहरुमा । त्यसरी समाधिस्थ हुनु पनि आत्महत्या नै हो । तर, परिस्थितिअनुसार आत्महत्याको परिभाषा फरक हुदोरहेछ ।

यस्तै बच्चाहरुको बढ्दो महत्वाकाङ्क्षा र आफ्नो आयस्रोतको तालमेल मिलाउन नसकेर आत्महत्या गर्नेहरू पनि भेटिएका छन् भने अर्कोतर्फ अभिभावकहरुले छोडेर हिँडेपछि बच्चाहरुको एक्लोपन र गलत सङ्गतले नसालु पदार्थ एवं कुलतमा फस्ने गरेको पनि भेटिन्छ । अभिभावकहरुको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने ‘लिभिङ टुगेदर’ वा ‘रिलेसनसिप’ मा धोका, अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भधारणले युवायुवतीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट सहनु परेको अपहेलना र मानसिक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारणसमेत आत्महत्या गर्ने गरेको पाइन्छ ।

समाजशास्त्री इमाइल दुर्खिमले सामाजिक, सांस्कृतिक, धार्मिक मान्यताले समाजलाई बाँधेर राखेको हुन्छ भनेका छन् । उनले धर्म भनेको एउटा यस्तो संयन्त्र हो, जसले व्यक्तिहरुमाथि नियन्त्रण गर्छ भनेका छन् । दुर्खिमले आफ्नो पुस्तक ‘सुसाइड’मा समाजमा हुने आत्महत्याका घटना व्यक्तिगत कारण नभई सामाजिक कारणबाट हुने बताएका छन् ।

आत्महत्याको एउटै कारण सबै व्यक्तिमा लागू हुन्छ भन्ने हुँदैन । उदासीनता, रक्सी र अन्य लागुपदार्थको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिबी, बेरोजगारी, मायामा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको छ ।

पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणहरु हेर्दा, सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एकापसमा जोडिँदै जाँदा प्रेम सम्बन्धसम्म पुग्ने, पछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, बालविवाह र बहुविवाह बढी हुने, ढाँटेर अर्को विवाह गर्ने जस्ता घटनाहरु हुँदै जाने र अन्ततः आत्महत्याको तहमा पुग्ने गरेको पाइन्छ । यस्ता घटनामा पनि कारण भने समाज नै हुने गरेको छ ।

आत्महत्या प्रायः १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुले गरेको देखिन्छ । आत्महत्याको एउटै कारण सबै व्यक्तिमा लागू हुन्छ भन्ने हुँदैन । उदासीनता, रक्सी र अन्य लागुपदार्थको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिबी, बेरोजगारी, मायामा धोका, पढाइमा असफल जस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको छ ।

आत्महत्या व्यक्तिले तत्काल लिने निर्णय हो । कुनै कारणले व्यक्ति तनावमा आयो भने उसले पाँच मिनेटभित्र आत्महत्याको निर्णय लिन्छ । यो एउटा आवेशमा आएर गरिने निर्णय हो । आत्महत्या व्यक्तिको मनोविज्ञानसंँग सम्बन्धित छ । व्यक्तिगत, पारिवारिक तथा सामाजिक घटनाहरुले जब व्यक्ति मानसिक सन्तुलन स्थिर राख्न सक्दैन, तब उसको दिमागमा अनेक प्रकारका आपराधिक क्रियाकलापहरु आउने गर्छ । त्यसैमध्येको एउटा आत्महत्या पनि हो । आर्थिक रुपमा, सामाजिक, शारीरिक र स्वास्थ्यको दृष्टिले जब आफूलाई धेरै कमजोर भएको ठान्छ, अनि आत्महत्याको तहमा पुग्छ ।

आत्महत्याको प्रकृति

सामान्यतया यस्तै अवस्थाका व्यक्तिहरुले आत्महत्या गर्छन् भन्न सकिने अवस्था छैन । आत्महत्याको अवस्था सबै स्थान र हरेक समयमा स्थिर देखिँदैन । स्थान, समुदाय र समयअनुसार फरक फरक अवस्था देखिएको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढिरहेको पाइन्छ । अभाव, दबाब र अपहेलना शहरभन्दा ग्रामीण क्षेत्रमा बढी भएका कारणले पनि ग्रामीण क्षेत्रका बासिन्दा आत्महत्याको तहमा पुगेका हुन सक्छन् । अर्कोतर्फ कानूनी उपचारका लागि सहज पहुँच नभएका कारण पनि ग्रामीण क्षेत्रमा आत्महत्याका घटना बढी छन् ।

महिलाभन्दा पुरुषले बढी आत्महत्या गरेको पाइन्छ । साक्षरभन्दा निरक्षरहरु, अविवाहितभन्दा विवाहितहरुले बढी आत्महत्या गर्ने गरेको देखिन्छ । समयका हिसाबले हेर्दा राति ९ वजेदेखि बिहान ७ बजेको बीचमा बढी आत्महत्याका घटना हुने गरेका छन् ।

आत्महत्याको तरिका

आत्महत्या गर्ने व्यक्तिले अनेक तरिकाबाट आफूलाई समाप्त गर्ने गरेको पाइन्छ । विश्वभरि हेर्दा आत्महत्या गर्नेहरुले झुण्डिएर, विष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, भीरबाट हाम फालेर, नदी÷पानीमा हाम फालेर, गुडिरहेको गाडी-रेलबाट हाम फालेर, गुडिरहेको गाडी-रेलमुनि आएर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेका छन् ।

आत्महत्या व्यक्तिले तत्काल लिने निर्णय हो । कुनै कारणले व्यक्ति तनावमा आयो भने उसले पाँच मिनेटभित्र आत्महत्याको निर्णय लिन्छ । यो एउटा आवेशमा आएर गरिने निर्णय हो । आत्महत्या व्यक्तिको मनोविज्ञानसंँग सम्बन्धित छ ।

विश्वको अवस्था हेर्दा आत्महत्याका लागि सबैभन्दा बढी ‘पिस्टिसाइड पोइजनिङ’ अर्थात् किटनाशक विषादीको प्रयोग भएको पाइन्छ । तर, नेपालमा भने झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्यधिक छ । ५ वर्षको तथ्याङ्क हेर्दा कुल आत्महत्या गर्नेमध्ये २४ हजार १२७ ले झुण्डिएर आत्महत्या गरेका छन् । यो संख्या आत्महत्या गर्ने कुल संख्याको करिब ७७ प्रतिशत हुन आउँछ । यसले पनि आत्महत्या गर्ने व्यक्ति पूर्वतयारीका गर्दैन भन्ने देखाउँछ । केही कुराले तत्काल आवेशमा आउँछ र आत्महत्याको तहमा पुग्छ, त्यतिवेला आत्महत्या गर्न सबैभन्दा सरल उपाय झुण्डिनु देख्छ र झुण्डिन्छ । विष सेवन गरेर, आफूले आफैंलाई गोली हानेर, आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने अभ्यास नेपालमा पनि रहेको छ ।

गत आर्थिक वर्षको मात्रै तथ्याङ्क हेर्दा कोशी प्रदेशमा १ हजार ४९१, लुम्बिनीमा १ हजार ३०५, मधेशमा १ हजार २०, बागमतीमा ९०३, गण्डकीमा ६९८, सुदूरपश्चिममा ५८३, काठमांडौं उपत्यकामा ५३९ र कर्णालीमा २९१ गरी ६ हजार ८३० जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या ८३ प्रतिशत अर्थात् ५ हजार ६८४ रहेको छ । विष सेवन गरेर १ हजार ४०, हाम फालेर ४२, पानीमा डुबेर ३३, हातहतियार औजारको प्रयोग गरेर १७, आगो लगाएर आत्महत्या गर्नेको संख्या १४ रहेको छ ।

आत्महत्याको प्रभाव

आत्महत्या गर्ने व्यक्तिका परिवारका सदस्यहरुले जीवन साथीको, छोराछोरीहरुको र आमाबुवाका साथै परिवारकै बिचल्ली परेको हुन्छ । समाजले अपमान गर्ने, छिमेकीले कुरा सुनाउने, आत्महत्या गर्ने व्यक्तिका छोराछोरीहरुलाई समेत फलानाको सन्तान भनेर बोलाउने गर्छन् । परिवारमा आर्थिक अभाव हुने गर्छ ।

आर्थिक, सामाजिक र शैक्षिक रुपमा नकारात्मक प्रभाव पर्ने गरेको छ । आत्महत्या एक व्यक्तिले गर्छ । तर, त्यसको असर पूरै समाजमा पर्न जान्छ । आत्महत्याका विभिन्न कारणले हुन्छ । तर, जुन कारणले भए पनि त्यसले मानवीय क्षति हुन्छ । परिवारमा यसले प्रत्यक्ष नोक्सान गर्छ । एकातिर परिवारको श्रमयोग्य सदस्यको मृत्यु भएर आर्थिक संकट आउँछ अर्कोतिर परिवारलाई समाज र छरछिमेकले पनि हेयको भावले हेर्ने गर्छन् ।

यसले समाजमा पनि असर गर्छ । समाजका सदस्यहरुमा मुख्यतया तनावमा जीवन बिताइरहेका व्यक्तिले अरुले आत्महत्या गरेको देखेर उनले पनि सोही बाटो अंगाल्ने डर हुन्छ । अर्थात् देखासिकीमा पनि आत्महत्या हुने सम्भावना बढी हुन्छ । त्यसैले यसले परिवार र समाजमा पनि आत्महत्याको प्रभाव रहेको हुन्छ ।

कतिपय अवस्थामा आत्महत्यालाई हत्या भएको भन्दै मुद्दा परेका घटना छन् । यसले सामाजिक सम्बन्धमा खलल पु¥याउँछ । आत्महत्यालाई आफ्नो माग पूरा गराउने सौदाबाजीको रुपमा पनि प्रयोग गर्ने गरेको छ । यस्तै एक जनाले आत्महत्या गरेपछि अरुले पनि फलानो त म¥यो, मैले मर्दा के होला भन्दै आत्महत्या गर्ने समस्या देखिन्छ । यसको सबैभन्दा बढी असर बालबालिकामा पर्ने गरेको छ । आत्महत्याका घटना बढ्दै जाँदा आत्महत्या गर्नेमा बालबालिकाको पनि संख्या बढ्दै गएको छ । यस्तै समाजमा त्रासको वातावरण सृजना हुने, श्रमयोग्य जनशक्तिको कमी हुने, नकारात्मक टीकाटिप्पणी हुने गरेको छ ।

सामान्यतया यस्तै अवस्थाका व्यक्तिहरुले आत्महत्या गर्छन् भन्न सकिने अवस्था छैन । आत्महत्याको अवस्था सबै स्थान र हरेक समयमा स्थिर देखिँदैन । स्थान, समुदाय र समयअनुसार फरक फरक अवस्था देखिएको छ । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढिरहेको पाइन्छ ।

परिवारको कुनै सदस्यले राखेको कुरा अरुले मानेन भने उसले सीधै म आत्महत्या गर्छु भन्ने धम्की दिने गर्छ । अर्थात् आत्महत्यालाई आफ्नो कुरा मनाउने हतियारको रुपमा प्रयोग भइरहेको छ । यसले परिवारमा आर्थिक विपत्ति, समाजमा द्वन्द्वको सृजना हुने जस्ता प्रभाव बढाएको पाइन्छ । अभिभावक सदस्यले आत्महत्या ग¥यो भने झन परिवारको पूरै अभिभावकत्व गुमाउँछ ।

आत्महत्याले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्छ । परिवारमा तत्काल रुपमा व्यक्तिको मृत्युले पूरै परिवारलाई पीडामा राख्छ । विस्तारै आर्थिक अवस्था कमजोर हुँदै जान्छ । यसले बालबालिकाको पढाइलाई समेत बाधा पार्ने भएका कारण विस्तारै परिवारको शैक्षिक अवस्था कमजोर हुन्छ । परिवारको शैक्षिक अवस्था कमजोर भयो भने सधैंभरि आर्थिक अवस्था कमजोर हुन्छ । यसले समाजमा पनि निरक्षरताको सङ्ख्या वृद्धि गराउँछ ।

रोकथाम गर्न के गर्न सकिएला ?

पहिलो कुरा, कुनै व्यक्ति आत्महत्या गर्न किन तयार हुन्छ भन्ने विषयमा अनुसन्धान हुनुपर्छ । आत्महत्या गर्ने व्यक्तिको पारिवारिक सम्बन्धको विषयमा अध्ययन गर्नु आवश्यक छ । आत्महत्याका कारण र यसले समाजमा ल्याएको प्रभावको विषयमा र आत्महत्या गर्ने व्यक्तिको सामाजिक सम्बन्धको विषयमा थप अध्ययन गर्नुपर्ने देखिन्छ । आत्महत्या न्यूनीकरण गर्न प्याकेजमा कार्यक्रम ल्याउनुपर्छ । विद्यालय र समुदायस्तरमा अन्तरक्रिया गर्ने, आत्महत्याका कारण हुने क्षतिको विषयमा विद्यालय तहको पाठ्य सामग्रीमा समेत समावेश गर्नुपर्छ । यस्तै, रोजगारका अवसरहरु सृजना गरी सबैलाई काम दिनुपर्छ । मानसिक तनाव कम गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।

आत्महत्याविरुद्धको चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइनु पर्छ । आत्महत्या दुरुत्साहनमा मुद्दाहरुको अनुसन्धान, अभियोजन र न्याय निरुपण प्रभावकारी हुनुपर्छ । महिलामाथि हुने हिंसा, शोषण, दमन बन्द गर्नुपर्छ । आर्थिक अनियमितता, भ्रष्टाचार र शासक तथा प्रशासकले पदीय जिम्मेवारीमा रहेर सेवाग्राहीहरुलाई दिने दुःख, झमेलाहरु बन्द गर्नुपर्छ ।


प्रतिक्रिया

One thought on “आत्महत्यामा समाजले पार्ने असर, को जिम्मेवार ?

  1. यो शरीर अनि विचारलाई म भनि भ्रममा पर्ने हाम्रो आफ्नै अहंकारलाई मार्न सकेपछि आत्महत्यामा समाधान खोज्ने मुर्खताबाट बच्न बचाउन सकिन्छ । https://www.nepalpress.com/2023/09/11/373360/

Leave a Reply

Your email address will not be published. Required fields are marked *