राष्ट्रिय वाणिज्य बैंकको वालिङ शाखाको उद्घाटन – Nepal Press

राष्ट्रिय वाणिज्य बैंकको वालिङ शाखाको उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ ।

आइतबार स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नं ८ मा बैंकको वालिङ शाखा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उद्घाटन गरेका हुन् । गुरुङले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह समेत गरे ।

बैंकका हाल देशभर २८२ शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, २६९ एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *