म्याथम्याटिकल एशोसिएशन अफ नेपालको महासचिवमा छवि ढुंगाना सर्वसम्मत चयन
काठमाडौं । म्याथम्याटिकल एशोसिएशन अफ नेपाल (म्यान)को केन्द्रीय महासचिवमा झापा हल्दिबारी–१ का छवि ढुंगाना सर्वसम्मत चयन भएका छन् ।
शनिबार काठमाडौँमा सम्पन्न एशोसिएशनको चौथो वार्षिक साधारण सभाले निवर्तमान कोषाध्यक्ष ढुंगानालाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।
साथै कोषाध्यक्षमा संस्थाका केन्द्रीय कार्यकारिणी सदस्य नारायण पौडेललाई सर्वसम्मत चयन गरिएको संस्थाका अध्यक्ष विनोद प्रसाद पन्तले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।
विगत ७ वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय गणित ओलम्पीयडहरुमा संस्थाले राष्ट्रको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रियस्तरमा देशको गरिमा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
त्यस्तै, आगामी दिनमा पनि संस्थालाई नव गठित कमीटीले उत्साहका साथ अघि बढाउने संस्थाका उपाध्यक्ष हरि प्रपन्न कंडेलले बधाईसहित सफल कार्यकालको सुभकामना दिएका छन् । कार्यक्रममा वार्षिक कार्ययोजना साथै आर्थिक प्रतिबेदन पारित गरिएको थीयो ।