डीएसपीको सपरिवार मार्छु भन्नेलाई नियन्त्रणमा नलिएर सरकार हिंसालाई प्रोत्साहन गर्दैछ : ओली (भिडिओ) – Nepal Press

डीएसपीको सपरिवार मार्छु भन्नेलाई नियन्त्रणमा नलिएर सरकार हिंसालाई प्रोत्साहन गर्दैछ : ओली (भिडिओ)

कांग्रेस नेता महेन्द्र यादवलाई खुकुरी प्रहार गर्नेले एक साताघि नै माइतीघरबाट धम्की दिँदा पनि सरकारले कान तेल हालेर बसेको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही नभएकोमा सरकारप्रति प्रश्न उठाएका छन् ।

तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले असंवैधानिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा सुरक्षाकर्मीको परिवारलाई नै मार्ने धम्की दिइएको बताए ।

ओलीले भने, ‘यस्ता असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिा तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतंकवादबाहेक केही होइन । सरकार आफैंले यस्ता अपराध बढाइरहेको छ । सपरिवार मार्छु भनेको छ,त्यस्ते मान्छेलाई नियन्त्रणमा लिइन्नँ ।’

ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको आरोप लगाए । ती व्यक्तिले केही दिनअघि नै माइतीघर मण्डलाबाटै व्यक्तिहरुको नामै किटेर काट्छु मार्छु भनेकोमा सरकारले प्रोत्साहन गरेको ओलीको आरोप छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर