गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो राँके जुलुस (तस्बिरहरु)
२०८० भदौ २५ गते १९:५८
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै राँके जुलुस निकालेको छ ।
काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पसको परिसरबाट तरुण दलले राँके जुलुस निकालेका हुन् । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा तरुण दलले विरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गर्दै आएको छ ।
प्रतिक्रिया