टिचिङबाट अन्तिम श्रद्धाञ्जलीका लागि च्यासल लगियो नेम्वाङको पार्थिव शरीर (तस्बिरहरू)
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।
नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिनेछ ।
पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै हुनेछ ।
एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।
सरकारले नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
बालुवाटारस्थित निवासमा बिहान साढे १ बजे हृदयघातपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै बीच बाटोमै उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।