एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित – Nepal Press

एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित

हेटौँडा । संविधानसभा अध्यक्ष एवंम एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको कारण एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको छ ।

आउँदो असोज ८ र ९ गते हुने एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको हिजोबाट सुरु भएको प्रतिनिधि छनोट कार्यतालिका भदौ २७ सम्म रहेको थियो ।

२५ गते हिजो मनोनयन दर्ता, आज मनोनयन फिर्ता सहितको कार्यक्रम र भोलि प्रतिनिधि छनोटको कार्यक्रम तय भएपनि एमाले उपाध्यक्षको असमाहिक निधनको कारण सम्पूर्ण कार्यतालिकालाई स्थगित गरिएको एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर