नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले बैठक सुरू (तस्बिरहरू)
२०८० भदौ २६ गते ११:५३
काठमाडौं । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुुरू भएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक बैठक बसेको हो ।
जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो ।
टिचिङ अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा लगिँदैछ ।
प्रतिक्रिया
सम्बन्धित खवर