लुम्बिनीको वर्षे अधिवेशन अन्त्य
नेपाल प्रेस
२०८० भदौ २६ गते १५:०४
रूपन्देही । लुम्बिनी प्रदेशको चालु वर्षे अधिवेशन अन्त्य भएको छ । मंगलवार राती १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रिपरिष्दको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गरेको हो ।
मंगलवार बसेको मन्त्रीपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, वाढी प्रभावित क्षेत्र बर्दियाका विभिन्न स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।
त्यसै गरेर बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर