समस्या हुँदैमा रिर्भस ब्रेक हानेर समाधान हुँदैन, सेफ ल्याडिङ गर्न जरुरी छः अर्थमन्त्री महत – Nepal Press

समस्या हुँदैमा रिर्भस ब्रेक हानेर समाधान हुँदैन, सेफ ल्याडिङ गर्न जरुरी छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले अर्थतन्त्रमाका क्षेत्रहरुमा समस्या हुँदैमा रिर्भस ब्रेक हानेर समस्याको समाधान नहुने त्यसलाई सेफ ल्याडिङ गर्न जरुरी रहेका बताएका छन् ।

मंगलबार अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) अटोसो २०२३ को उद्घाटन समरोहमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रमाका क्षेत्रहरुमा समस्या हुँदैमा रिर्भस ब्रेक हानेर समस्याको समाधान नहुने त्यसलाई सेफ ल्याडिङ गर्न जरुरी रहेको बताएका हुन् ।

‘अर्थतन्त्रमा पैसा नभएको होइन त्यो केबल चलिरहेको छैन । त्यो घुम्न जरुरी छ । सबैलाई नराम्रो भन्छन सबैलाई खराब छ भन्छन् । हामीले सकारातम रुपमा हेर्नुपर्ने अवस्था आएको छ । निजी क्षेत्र नै अर्थतन्त्रको बहाक हो’, डा.महतले भने, ‘ निजी क्षेत्रको भूमिकालई उच्च महत्त्वका साथ लिएका छौं । अर्थतन्त्त्रमा समस्या देखिए पनि अहिले सुधार हुँदै गएको छ । पर्यटन, सेयरमार्केट , अटोमोबाएरईल र कित्ताकाटमा समस्या थिए । अहिले त्यो सुधार हुँदै गएको छ ।’

महतले भने, ‘सरकारले हरेक सानो सानो समस्या भन्ने होइन यसले ठूलो अर्थात बृहत मार्गदर्शन दिने हो । त्यसैले निजी क्षेत्रले के उचित हो ? के उचित होइन त्यसको हेक्का राखोस ।’ उनका अनुसार अर्थतन्त्र सकारात्मक बाटोमा जाने बहस आवश्यक रहेको छ ।

त्यस्तै, अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष धूर्व थापाले कर्जा वर्गकरणलाई सरकारले सुधर्नुपर्ने सुझाए । उनले अन्तराष्ट्रिय प्रदर्शन केन्द्र मसेत नभएको भन्दै सरकारलाई अन्तराट्रिय प्रदर्शन केन्द्र स्थापना लगि अपिल गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बजारमा नाडाले भाईब्रेस उत्पन्न गरेको बताए । उनले भने, ‘नाडा अटोसोले गर्दा उद्योग व्यवसायमा प्रर्वधनको काम गर्नेछ । यसको प्रभावले व्यवसायलाई चलायमान गर्नेछ ।’

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवालले निजी क्षेत्रको घट्दो मनोबललाई बढाउन जरूरी रहेको बताए । ‘अर्थतन्त्रलाई चलायमान गर्नेगरि मौद्रिक नीति आएको छैन । युवा विदेश जाँदा बजार माग घटेको होइन’, अग्रवालले भने, ‘अहिले बैंकहरूमा लगानी योग्य रकम भरपुर छ । तरपनि, व्यवसायीहरूको ‘वर्किङ क्यापिटल’ कमजोर रहेको छ । त्यसकारण सबै क्षेत्रका व्यवसायीहरु धरासायी अवस्थामा छन् ।’

त्यसैगरी, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार अन्तरगका निकायहरूबीच समनव्य नभएको बताए । ‘निजी क्षेत्रबाट दिइने सुझावलाई निजी क्षेत्रले आफ्नो लागि मात्रै माग्ने हिसाबले हेरिने गरिएको छ । सरकारलाई निजी क्षेत्रबाट दिने गरेका सुझाब व्यापारीक उदेश्यका लागि मात्रै होइन । यो आम जनताको आर्थिक कृयाकलापलाई बढाउनका लागि दिइएका सुझवहरु हुन’, ढकालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर