नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक
नेपाल प्रेस
२०८० भदौ २७ गते १४:४२
काठमाडौं । बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ ।
सोमबार कम्पनीले एक कार्यक्रममा ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।
कम्पनीले बिवाइडी (विद्युतीय गाडी) को फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री जसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । त्यसैगरी, एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर