सेयर बजारमा उच्च अंकको वृद्धि – Nepal Press

सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको चौथो दिन सेयर बजार उच्च अंकले वृद्धि भएको छ ।

मंगलबार मात्रै १९ अंकले घटेको सेयरबजार आज ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ५१ लाख ४४ हजार ७२४ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँको कारोबार भएको छ ।

आज बरुन हाइड्रोपावर कम्पनी सकारातमक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेको छ भने थ्रि स्टार हाइड्रोपावर लिमीटेड, सिटीजअन फण्ड २ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी, कारोबारको आधारमा एनआईसी एसीया बैंक ७ करोड ९३ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *