एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट – Nepal Press

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा विशेष छुट

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । मंगलबार चाबहिल स्थित ओम हस्पिटलमा एभरेष्ट बैंकका ग्राकलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका पारिवारीक सदस्यहरुले अस्पतालबाट ‘आइपीडी–डाइगोनिष्टिक्स, फरमेसी र फिसीओ थेरापी मा १० प्रतिशसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

हाल बैंकले १२७ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएम सहित अत्याधुनिक मोबाइल र इन्टरनेट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर