टाटाका बहुप्रतीक्षित गाडीहरु सार्वजनिक- कति पर्छ मूल्य ? – Nepal Press

टाटाका बहुप्रतीक्षित गाडीहरु सार्वजनिक- कति पर्छ मूल्य ?

काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकलले बहुप्रतीक्षित टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको छ ।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘नाडा अटो सो २०२३’ लाई लक्षित गरी बहुप्रतीक्षित तीन वटा मोडेलका गाडी सार्वजनिक गरेको हो ।

नाडा अटो शो २०२३ को १५औं संस्करणमा टाटा मोटर्सका अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषतासहित प्रदर्शनमा राखिएको छ ।

गाडीको कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी रहेका छन् । क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरु छन् ।

टियागो ईभीको सुरुवाती मूल्य २१.९९ लाख रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै नेक्सन ईभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोललगायतका विशेषताहरु छन् । सुरक्षाको लागि यसमा एन्टीलक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनको व्यवस्था छ । जहाँ नेक्सन ईैभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख रुपैयाँ राखिएको छ ।

त्यसैगरी टाटाको ‘न्यु फरेभ’ रेञ्जअन्तर्गतको टाटा पन्चका चार आधारस्तम्भ हुन्- आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा । नयाँ युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिँदो इच्छा एवं आकांक्षाको पूरा गर्नेछ ।

टियागो ईभीको बजार मूल्य ३३ लाख ९९ हजार, ३७ लाख ४९ हजार, ४० लाख ४९ हजार र ४३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर