नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सेवा – Nepal Press

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सेवा

काठमाडौं । नेपाल बैंक लिमिटेडले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा ल्याउने भएको छ ।

बिहिबार बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको हो । कल सेन्टर सेवा बैंकले ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउनका लागि सञ्चालन ल्याउन लागेको हो ।

यस सेवाले ग्राहका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकको विश्वास छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुशी व्यक्त गर्दै कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट, सरल बनाउँदै दुवैको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर