एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार – Nepal Press

एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा विस्तार

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा पनि फोरजी सेवा विस्तार गरेको छ ।

कम्पनीले कर्णाली र सुदूरपश्चिमका मुगु, डोल्पा, हुम्ला र बाजुरामा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गरेको हो ।

कम्पनीले सेवा विस्तार अभियान अन्तर्गत स्थानीयहरुलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरहरुसँग जोड्दै फोरजी सेवा सुरु गरेको जनाइएको छ ।

एनसेलका अनुसार एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ग्राहकलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी भएको ब्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर