हरेक नेपालीले एक साता ध्यान गर्नुपर्छः अध्यक्ष हमाल – Nepal Press

हरेक नेपालीले एक साता ध्यान गर्नुपर्छः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हरेक नेपालीले एक साता मेडिटेसन (ध्यान) गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पूँजी बजारः सम्भावना र चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष हमालले हरेक नेपालीले मेडिटेसन अर्थात ध्यान गर्नुपर्ने बताएका हुन् ।

अहिले शेयर बजारको अवस्थालाई लिएर नकारात्मक कुरामात्रै फैलाइएको उनको भनाइ थियो ।

‘नेपालीहरू धेरै उत्ताउलामात्रै रहेका छन् । कुनै पनि विषय नबुझी विश्लेषणा गर्ने नेपाली प्रवृत्ति रहेको छ’, अध्यक्ष हमालले भने । शेयर बजारको अवस्थालाई लिएर गरिएको विश्लेषण एकोहोरो तथा नबुझेर गरिएको उनको भनाइ छ ।

‘पछिल्लो समय अर्थतन्त्र कमजोर भएको, बिग्रेको र खत्तम भएको प्रचार हुँदै आएको छ । नेपालीको बानी छिट्टै उत्तेजित हुनेछ। तर, अधिकांश सूचकले हाम्रो अर्थतन्त्र बाहिर भनिए जस्तो कमजोर छैन’, अध्यक्ष हमालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *